रगतले रंगिएको सिरिया

भदौ १ । सरकार विरोधी आन्दोलन चलिरहँदा सिरिया रगताम्य बन्न पुगेको छ । त्यहाँ दिनमा कति मान्छे मर्छन मारिन्छन् । बेपत्ता हुन्छन् बनाइन्छन् ? कुनै तथ्यांक नै छैन ।

संयुक्त राष्ट्र संघले मध्य साउनमा द्धन्द्धसम्बन्धी तयार गरेको प्रतिवेदन अनुसार भने सो बेलासम्म मात्र त्यहाँ जारी हिंसामा मारिनेको संख्या १ लाख नाघेको देखाइएको छ । जहाँ लाखौँ मानिस विस्थापित भएका छन् ।

राष्ट्रपति बशार अल असादविरुद्ध विपक्षीहरुले दुई वर्षदेखि चलाइरहेको आन्दोलनमा १७ लाखभन्दा बढी सिरियाली छिमेकी देशहरुमा शरण लिन बाध्य भएका छन् ।

तर त्यहाँको अवस्था भने आज पनि जस्ताको तस्तै रहेको छ ।

अझ अमेरिका र रुसबीच सिरियामा आफ्नो स्वार्थ गाडिएको र समस्या कसरी समाधान गर्ने भन्ने विषयमा यी दुई देशबीच कुरा नमिल्दा अनाहकमा सिरियालीले ज्यान गुमाईरहनु परेको हो ।

जहाँ दिनहुँ जस्तै घटिरहने केही दृश्यहरु दएटलान्टिकको सहयोगमा यस्ता छन्:


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।