काठमाडौं १ मंसिर

चुनावी प्रचारका लागि घरदैलो अभियानका क्रममा शुक्रबार उनले ललितपुरका सबै सडक धुलोमुक्त बनाइने प्रतिवद्धता जनाएकी हुन् । उनले ललितपुरलाई साँस्कृतिक राजधानी बनाउने आफ्नो अभियान रहेको भन्दै उक्त अभियानमा साथ दिन ललितपुरबासीसँग आग्रह समेत गरेकी छिन् ।

‘मेलम्चीको पानी आएपछि यो क्षेत्रको पानी यहीँ मात्र वितरण गर्न मिल्छ, उनले भनिन्, त्यसैले मेलम्ची पानी चाँडो ल्याउन पहल गरेर यो क्षेत्रमा वैशाखसम्म पिउनेपानीको समस्या हल गर्ने गरी लाग्छु ।’
उम्मेदवारसँग मतदाताले दुःख साटासाट
वाम गठबन्धनले ललितपुर तीनमा एक सातादेखि नियमित रुपमा घरदैलो कार्यक्रम जारी राखेको छ । घरदैलोका क्रममा मतदाताले खानेपानीको समस्या रहेको, सडक पिच नभएको, शान्ति सुरक्षाको समस्या रहेको लगायत समस्या समेत उम्मेदवारसँग राखेका छन् ।
ललितपुर क्षेत्र नम्बर तीनको १८ वडामा वामगठबन्धनले शुक्रबार घरदैलो अभियान चलाएको थियो । सो क्रममा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसँग यस्तो माग समेत राखेका हुन् । ‘भोट त तपाईलाई नै हाल्छौं, तर खानेपानीको समस्या अति नै छ, यो कुरो चाँही बुझिदिन परो’, १८ वडाबासी सन्तोषी महर्जनले अँगालो मार्दै भनिन् ।
ललितपुरको सैंबु लगायत भित्रि भागका बासिन्दाले भने सडक पिच गरिदिन गरेका छन् ।
फुलमाला गरेर वाम गठबन्धनका उम्मेदवारको स्वागत
ललितपुरबासीले वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभातर्फ भुसाल र प्रदेशसभा ख का उम्मेदवार जीवन खड्कालाई १८ वडाका मतदाताले फुलमाला गरेर स्वागत गरेका छन् । उम्मेदवारद्धयले पनि खुसी व्यक्त गर्दै आफूहरुले जिताएपछि ललितपुरको विकासमा कुनै कसर बाँकी नराख्ने बताए ।

Comments