भदौ १ । नेकपा माओवादीले पार्टी प्रवक्ता परिवर्तनको हल्ला नेतृत्वको चरित्रहत्या गर्ने गुरुयोजनामा भएको भन्दै प्रवक्ता परिवर्तनबारे लगातार आइरहेको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी अध्यक्ष मोहन वैद्य किरण तथा महासचिव राम बहादुर थापाद्धारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता र परिवर्तनको लडाईंमा सक्रिय पार्टी र पार्टीका कतिपय नेतृत्वको चरित्रहत्या गरेर क्रान्तिकारी पार्टी, नेतृत्व र आन्दोलनलाई कमजोर पार्ने गुरुयोजनाअन्तर्गत यस्ता कार्य भईरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमार्फत दुस्प्रचारबाट सम्पूर्ण पार्टीपङ्क्ति र आमजनसमुदायलाई भ्रममा नपर्न अनुरोध समेत गरिएको छ ।
यसअघि केही सञ्चारमाध्यमहरुले नेकपा( माओवादीले खड्गबहादुर विश्वकर्मालाई नयाँ प्रवक्ता बनाएको भनेर समाचार दिएका थिए ।