साउन ३२। बिहीबार दिउँसो एक्कासी च्छो रोल्पा हिमताल फुटेको हल्ला चलेको छ । यतिसम्म की च्छो रोल्पा हिमताल फुटेको हल्लाले तामाकोशी वस्तीका बासिन्दाले घर समेत छाडेका छन् ।

खिम्ती जलविद्युत् आयोजनाको साइरन एक्कासी बजेपछि सर्वसाधारण आत्तिएर घर समेत छाडेका हुन ।

दोरखाको दक्षिणी भागमा बिहीबार भीषण वर्षा भएकाले हिमताल फुटेको अनुमान गरेर सर्वसाधारणले घर छाडेको बताइएको छ ।

च्छो रोल्पा हिमताल फुटेको हल्ला निराधार रहेको कुरा दोलखाका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले पनि बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।