साउन ३२। एक पछि अर्को कुखुरा फर्ममा बर्डफ्लु फेला पर्दै गएपछि बल्लतल्ल सरकारले भक्तपुरलाई बर्डफ्लु क्षेत्र घोषणा गरेको छ ।

बर्डफ्लुका कारण अहिलेसम्म कतिको क्षति भयो भन्ने बारे ठ्याक्कै डाटाहरु त बाहिर आएका छैनन् तर बनेपामा तीन वटा कुखुरा फर्ममा देखिएको बर्डफ्लु रोगबाट भने झण्डै आठ करोडको क्षति हुन पुगेको छ ।

रामहरि ढकालको नेपाल ह्याचरी फर्ममा झन्डै रु तीन करोड ५० लाख र जनागाल गाविस र महेन्द्रज्योति गाविसमा रहेको आशापुरी ह्याचरीको दुई वटा फर्ममा करिब रु चार करोड ५० लाख बराबरको क्षति भएको जिल्ला पशुसेवा कार्यालय काभ्रेका वरिष्ठ पशु चिकित्सक डा हरिकुमार रघु श्रेष्ठले बताएका छन् ।

त्यहाँका कुखुरा तथा अण्डा र दानापानी नष्ट गर्ने कार्य भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।