भारतको स्वतन्त्रता दिवस, नेपाललाई एम्बुलेन्स र गाडी

साउन ३१ । भारतको ६७ औँ स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका विभिन्न २० जिल्लालाई एम्बुलेन्स र नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्थालाई चारवटा बस उपहारस्वरुप प्रदान गरेको छ।

राजधानीस्थित भारतीय राजूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले सम्बन्धित जिल्ला विकास समिति र परोपकारी संस्थाका प्रतिनिधिलाई एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गरेका हुन्।

 केही एम्बुलेन्स र एउटा बस वीरगन्जस्थित भारतीय महावाणिज्यदूतले वीरगन्जबाट नै हस्तान्तरण गर्ने उनले बताए।

 त्यसअघि स्वतन्त्रता दिवसको उपलक्ष्यमा राष्ट्रपति प्रणव मुखर्जीले देशवासीका नाममा जारी गरेको शुभकामना सन्देश राजदूत जयन्त प्रसादले पढेर सुनाएका थिए।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।