साउन ३० । नेपालस्थित पाकिस्तानी राजदुतावासले देशको ६७ औं स्वतन्त्रता दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

 बुधबार महाराजगञ्ज स्थित दुतावासमा एक समारोहको आयोजना गरी पाकिस्तानको राष्ट्रिय झण्डा फहराएको हो ।

कार्यक्रममा दुतावासका कुटनीतिक कर्मचारीहरु र नेपालमा रहेका पाकिस्तानी नागरिकहरुको उपस्थिति समेत रहेको उक्त समारोहमा नेपालका लागि पाकिस्तानी राजदुत अर्सदसउद खोसाले राष्ट्रिय झण्डा फहराएका हुन् ।

समारोहमा पाकिस्तानी राष्ट्रपति आसिफअली जर्दारी र प्रधानमन्त्री नवाज सरिफले स्वतन्त्रता दिवसको उपलक्ष्यमा जारी गरेको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो । फोटो: प्रभात चलाउने

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।