दिप बहादुर घर्ति
साउन ३० । जाजरकोटको झाप्रा गाविसको वडानं.४ निवासी एक शिक्षकको मंगलबार पैरोमा परि मृत्यु भएको छ । बिहान ६ बजेतिर घरको काममा जंगलमा जादा पैरोमा परि मृत्यु भएको हो ।

    बाल उच्च माध्यामिक विद्यालय झाप्राका प्रावि अस्थायि दरबन्दिका शिक्षक भद्र बहादुर वरको बिहान उठ्न वित्तिकै करेसा वारीको लागि ठ्याँग्रा लिन जंगलमा गएको वेला माथिवाट आएको पैरोले पुरेर मृत्यू भएको जिल्ला शिक्षा अधिकारी गीरिमान थापाले बताए ।

मृतक शिक्षक भद्र बहादुर वरले २०६६ साल देखि अस्थायी दरबन्दिमा रहेर शिक्षण पेशामा संलग्न रहेता पनि त्यो भन्दा अगाडिका ४ बर्ष नीजि श्रोतवाट पनि शिक्षण पेशामा सेवा गर्दै आएको जिशिका जाजरकोटका बिनी मान बहादुर गिरीले बताए ।

 यस घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई टेलिफोन मार्फत सुचना माग्दा सुचना दिन मानेन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।