साउन ३० । कृषि विकास बैंकले बैकिंग क्षेत्रमा सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले २२.८२ प्रतिशतले नाफालाई उकालो चढाएर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ ।

कृषिले अघिल्लो वर्ष एक अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो ।

नाफा बृद्धिसँगै बैंकको प्रति सेयर आम्दानी ५८.५५ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ३.६२ गुणा छ भने प्रति सेयर नेटवर्थ २६७.८८ रुपैयाँ छ ।

यसअघि नबिल बैंकले दुई अर्ब २३ करोड रुपैयाँ नाफा गरेको थियो । जुन सबैभन्दा बढी नाफा कमाउनेमा थियो । तर कृषिले नबिललाई नाफा कमाउने एक नम्बर स्थानबाट पाखा लगाएको हो ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको एक अर्ब ९९ करोड, राष्ट्रिय वाणिज्य बैंकको एक अर्ब ६१ करोड, एभरेष्ट बैंकको एक अर्ब ४७ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको एक अर्ब २१ करोड रुपैयाँ नाफा सार्वजनिक गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।