साउन २९ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालका घटना उठाए आफूहरुले पनि अदालतदेखि सडक आन्दोलनसम्म गर्ने चेतावी दिएका छन् ।

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान अघि बढाउन सरकारले दिएको निर्देशनप्रति आक्रोश पोख्दै प्रचण्डले यस्तो चेनावनी दिएका हुन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गरेर एमाओवादी अध्यक्ष प्रचण्डले हत्याको अनुसन्धान अघि बढाउन सरकारले दिएको निर्देशन शान्ति सम्झौता विपरित भएको दाबी समेत गरे ।

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्वन्धी अध्यादेशको विरुद्धमा लागेका व्यक्ति र शक्तिहरु चुनावमा मुखमा मुद्दा चर्काउन बढी क्रियाशील देखिएको उनको भनाई छ ।

प्रचण्डले राज्य पक्षले शान्ति सम्झौता उल्लंघन गरे आफूहरु पनि अदालतदेखि सडक आन्दोलनमा आउने चेतावनी समेत दिए ।

छोराको हत्यारालाई कार्बाही गर्न माग गर्दै विगत ६ महिनादेखि अधिकारीका बृद्ध बाबुआमाले अनसन चर्काइरहेका बेला एमाओवादीले पत्रकार सम्मेलन नै गरेर घटनालाई नउचाल्न चेतावनी दिएको हो ।

उक्त पत्रकार सम्मेलनमा घटनाका मुख्य आरोपी भनिएकी फुजेलकै माओवादी कार्यकर्ता जानुका पौडेललाई बोल्न दिइएको थियो । उनले सो बेला आफ्नो कुनै संलग्नता नरहेको र घटनाका बेला आफू सुत्केरी बिदामा रहेको बताएकी थिइन् ।

उक्त घटनाका विषयमा माओवादी अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्ति :


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।