साउन २९ । यथास्थितिमा हुने चुनाव जसरी नि बहिस्कार गरेरै छाड्ने उदघोष गरेको नेकपा माओवादीले चुनाव बहिस्कारलाई तिब्र बनाएर लगेको छ ।
यसै क्रममा महोत्तरी जिल्लामा भने माओवादीले चुनाव बहिस्कार अभियानलाई गाउँ, बस्ती हुँदै घर घरसम्म पुर्याउने काम तिब्र रुपमा बढाएको छ ।
यथास्थितिमा चुनाव भएको खण्डमा त्यसले कुनै पनि हालतमा निकास नदिने भएकाले बहिस्कार अभियानलाई तिब्र बनाइएको सेक्रेटरी हरिकृष्ण गजुरेलले हेल्लोखबर डटकमलाई बताए ।
चुनाव बहिस्कार अभियानमा सर्वसाधरणले समेत सहभागिता जनाएको उनले बताए ।
यसअघि महोत्तरीमा माओवादीले भूमाफियाहरुको जग्गा कब्जा गरेर गरिब तथा सर्वसाधरणलाई बाढेको थियो ।
Comments