साउन २९ । बजेटमा सरकारी कर्मचारीहरुको तलब वृद्धिसँगै बजारमा मुल्य वृद्धि भईरहेको बेला निजी क्षेत्रका बैंक, वित्तीय संस्थाहरुले पनि आफ्ना कर्मचारीहरुका लागि तलब वृद्धि गरेका छन् ।

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा केही सहकारीहरुमा समेत तलब वृद्धि भएको हो ।

वार्षिक रुपमा बैंक तथा वित्तिय संस्थाहरुले तलब वृद्धि गर्ने नियम रहे पनि यो पटक कर्मचारी युनियनहरुले पनि तलब वृद्धिका लागि चर्को दबाब दिएका छन् । तर, कतिपय कम्पनीहरुले मूल्यवृद्धिसँगै आफैँ कर्मचारीहरुको तलब बृद्धि गरेका थिए ।

अहिले एभरेष्ट बैंकले सबैभन्दा बढी तलब वृद्धि कम्तिमा २० र स्तरअनुसार ४५ प्रतिशत सम्म पुर्याएको छ ।

नबिल बैंकले करिब ३० प्रतिशत, हिमालयन बैंकले पनि ३० कै औसतमा तथा ग्रान्ड बैंक नेपालले २० प्रतिशत तलब वृद्धि गरेको बताइएको छ । यी लगायत थुप्रै बैंक तथा वित्तिय संस्थाले तलब वृद्धि गरेका छन् । कतिपयमा भने तलब वृद्धिका लागि कर्मचारी तथा युनियनहरुले विरोध समेत गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।