साउन । अहिले फिल्मी जगतमा चेन्नइ एक्स्प्रेसको निक्कै ठूलै चर्चा चलिरहेको छ । फिल्मलाई केहीले झुर फिल्म समेत भन्न भ्याएका छन् । तर, उक्त फिल्मले भने अहिलेसम्मकै सबैभन्दा धेरै पैसा कमाउन सफल भईरहेको छ ।
यसरी फिल्मको चर्चा चुलिदा त्यसमा अभिनय गर्ने नायक नायिका पनि चर्चा त भई नै हाल्ने भयो । त्यस्तै चलचित्र ‘चेन्नइ एक्स्प्रेस’को प्रचार गरिरहेको अवस्थामा सुपरस्टार शाहरुख खानको गलबन्दी भने गायब भएको छ ।
कतिले त यसलाई उनी लुटिए समेत भनेका छन् । भिडभाडका क्रममा उनले आफ्नो गलबन्दी गुमाउन पुगेका हुन् । उक्त गलबन्दी भने ‘चेन्नइ एक्स्प्रेस’का निर्देशक रोहित शेट्टीले उपहार दिएको बताइएको छ । गलबन्दी हराएपछि शाहरुख भने निकै दुःखित बनेका छन् ।
गलबन्दीको मायाले शाहरुखलाई निक्कै सताएको बुझ्न सकिन्छ । उनले सामाजिक सञ्जालमा रोहित शेट्टीले उपहार दिएकाले गलबन्दी लैजाने व्यक्तिलाई मायाका साथ लगाउन भनेका छन् ।