दिप बहादुर घर्ति
साउन २९ । नेकपा–माओवादी जाजरकोटले १५ दिन अघिवाट संन्चालन गरेको चुनाव बहिस्कार अभियानलाई जनविद्रोहको जगमा शिला हाल्ने अभियानको संज्ञा दिएको छ ।
पश्चिम कमानमा सन्चालन गरेको अभियान टिमले आईतवार देखि लगातार रुपमा सुवानाउली, झाप्रा, पजारु, साल्मा, दशेरा र कार्किगाउँको संयुक्त रुपमा ३ ठाउँमा आन्तरि प्रशिक्षण सम्पन्न गरेको सेक्रेटरी विरागले बताए ।
उक्त ३ वटा प्रशिक्षण कार्यक्रमवाट गाविस स्तरीय अभियान टिम निर्माण गर्नुका साथै प्रतिरोध टिमहरु गठन गरेको उनको भनाई छ ।
केन्द्रिय सदस्य जीवनले सवै आन्तरिक पार्टी कार्यकर्तालाई प्रशिक्षण दिदै राज्यसत्ता परिवर्तनको नयाँ प्रक्रिया थालनि गर्न जनविद्रोह अनिवार्य आवश्यक भएको उल्लेख गर्दै, गाउँ–गाउँमा प्रतिरोध टिम गठन गर्ने पार्टीको योजना नै जनविद्रोहको जगमा शिला हाल्ने माओवादी अभियान भएको बताएको विरागले भने ।
पुर्वी कमाण्ड सञ्चालन गरेको अभियान टिमले आईतवार देखि लगातार रुपमा लिम्सा, घरङ्गा र स्याउलीवजारमा आन्तरिक पार्टी प्रशिक्षण संन्चालन गरेको भेक राज्य समिति सदस्य प्रताव जैसी ज्योतिषले बताए ।
पार्टी प्रशिक्षण, शहिद परिवार संगको भेटघाट छलफलले गाउँका युवाहरु प्रतिरोध टिममा संगठित हुन जागरुक भएको जैसीले बताए । स्याउलीवजारको आन्तरिक पार्टी प्रशिक्षणमा केन्द्रिय सदस्य माया प्रशाद शर्माले संसारभरिका जनताका वैरीलाई धुलो चटाउने गरि दोश्रो संविधान सभाको निर्वाचनमा आफ्नो पार्टी लागि पर्ने, त्यसका लागि सचेत युवाहरुलाई गाउँ–गाउँमा संगठित गर्न कार्यकर्तालाई निर्देशन दिएको प्रतावले भने ।
Comments