साउन २९ । सुनको भाउ नेपाली बजारमा आज साढे ७ सयले उकालो लागेको छ ।
हिजोको तुलनामा आज साढे ७ सय बढेर सुन प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजोसुनको मुल्य ५३ हजार ५ सय ५० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ९० रुपैयामा कारोवार भईरहेको छ ।
अन्तर्राष्टिय बजारमा सुनको मुल्यमा आएको उतार चढाव र डलरको भाउ झन् महंगिदैँ गएकाले नेपाली बजारमा सुनको भाउ महंगिएको हो ।
अन्तर्राष्टिय तथा नेपाली बजारमा पनि लामो समयदेखि सुनको भाउ स्थिर बन्न सकेको छैन ।
Comments