भरतपुर ९ का ५० बर्षका कैलाश राउत कुर्मीको हात्तिको आक्रमणबाट ज्यान गएको हो । आफ्नै घरको आँगनमा सुतेका राउतलाई विहान ३ बजे हात्तिले आक्रमण गरेको थियो ।
सुतिरहेको बेला हात्तिले शरीरमा कुल्चिंदा राउतको घटना स्थलमै ज्यान गएको स्थानिय शिक्षक राजेन्द्रसिंह कुशवाहाले जानकारी दिए ।
हात्तिले छिमेकी चण्डेश्वर रायको घर भत्काएर बोरामा राखेको चामल खाएको छ । घरमा हात्ति आएको थाहा पाएपछि रायका चार जनाको परिवाले भागेर ज्यान जोगाएका थिए ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक दिपक गिरीको नेतृत्वमा प्रहरी टोली पुगेको छ । आक्रमण गर्ने हात्ति घटनास्थलबाट ४ किलो मिटर उत्तर तर्फ रहेको सर्लाहीको श्रीनगर जंगलतर्फ लागको स्थानियबासीले बताएका छन् ।
यस अघि एक महिनाको अवधिमा जंगलि हात्तिले सर्लाहीमा चार जनालाई मारेको थियो । त्यहि हात्ति नै अहिले महोत्तरीमा आएको अनुमान स्थानियले गरेका छन् । गाउँमा जंगली हात्तिले आक्रमण गर्न थालेपछि भरतपुरका स्थानियबासी त्रसित बनेका छन् ।