यो हप्ता भित्रै निस्कर्ष निकाल्ने गरि समितिले आजबाट छलफल सुरु गर्नेछ । आज अशोक राई नेतृत्वको संघीय समाजवादी र फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग वार्ता हुँदैछ ।
अहिले बिहान बानेश्वरस्थित समिति सचिवालयमा हुने वार्तामा उनीहरुले राखेका मागमा छलफल केन्द्रित हुनेछ । उनीहरुसँगको छलफल पछि समितिले भोलि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको ३३ दलीय गठबन्धनसँग वार्ता गर्नेछ ।
समितिमा रहेका दलहरु असन्तुष्ट दलको मागलाई सम्बोधन गर्न निर्वाचनको मिति ४ मङ्सिरको सट्टा ३ वा ५ मंसिरसम्मलाई स्वीकार्र्न सकिने गरी लचिलो बन्ने निष्कर्षमा पुगेका छन् । यसैबीच सरकारले पनि आज नेकपा–माओवादीसँग वार्ता गर्दैछ ।
आज दिउँसो हुने वार्तामा माओवादीले राखेका सबै मागका विषयमा छलफल हुनेछ । राजनीतिक रुपमा गर्ने निर्णयलाई राजनीतिक समितिको जिम्मा लगाउने र कानुनी विषयमा छलफल गर्ने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । ललितपुरमा रहेको हाटेल हिमाललयमा हुने वार्तामा दुवै पक्षले आ आफ्ना बटम लाइन राख्नेछन् ।