साउन २९ । रामेछापको खिम्ति ४ मा रहेको खहरे खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान २ बजेदेखि खिम्तिकै सिवालयको कटुञ्जेबाट पहिरो सुरु भएको स्थानिय शिक्षक दुर्गा पोखरेलले जानकारी दिए । उनका अनुसार सेरबहादुर थापाको घर पहिरोले बगाउंदा सोही परिवारका ३ जनालाई बगाएको छ ।
बगेका ब्यक्तीहरुको खोजीकार्य जारी छ । पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन । अहिले सम्मको जानकारी अनुसार ६ वटा घर बगाएको र १२–१५ घर पुरिएको छ भने ३ जनाको शव फेला परेको छ ।

बाढि र पहिरोले बिशेष गरी खिम्तिको ४ नं. दुर्गा सिवालयलाई असर पुर्याएको छ ।

आज बिहानबाट सुरु भएको बाढी पहिरोको क्षतिको एकिन भईनसकेको घटनास्थलबाटै मन्थली प्रहरी चैकाीका इन्सपेक्टर राजेन्द्र थापाले बताए ।
घटना स्थलमा बिहान ३ बजे नै पुगेर उद्धारकार्य सुरु गरिएको पनि प्रहरीले जनाएको छ । अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानियहरु उद्धारमा सक्रिय रहेका छन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।