साउन । फेसबुकमा पछिल्लो पटक अश्लिल प्रकारको भाईरसको बिगबिगी बढेर गएको छ ।
फेसबुक प्रयोगकर्ताले थाहा नै नपाउने गरी आफ्नो नामबाट अश्लिल देखिने फोटोहरु लिंकसहित विभिन्न ग्रुपमा अटो पोष्ट भईरहेको छ ।
फेसबुकमा आफ्नो वालबाट त्यस्ता कुराहरु पोष्ट भईरहँदा आफ्नै नामबाट पोष्ट भएको पनि धेरेले थाहा नपाएको पाइएको छ ।
एक फेसबुक प्रयोगकर्ताको नामबाट पोष्ट भएको कुरा । यो भाईरसले गर्दा हो । यस्तो कुरा पोष्ट भएको सम्बन्धित व्यक्तिलाई समेत थाहा नहुने गर्दछ । |
यस्तो भने फेसबुकमा भाईरसका कारण भएको हो । यसअघि पनि फेसबुकमा भाईरसका कारण यस्तै भएको थियो ।
त्यस्ता फोटोहरु हेर्दा भिडियो जस्तै देखिने र लिंकसहित भएको पोष्ट ग्रुपमा पोष्टिंग भएको बेला त्यसलाई क्लिक गरेमा तपाईको नामबाट पनि त्यस्तै कुरा अटो पोष्ट हुन सक्ने सम्भावना हुन्छ । त्यसैले त्यस्तो देखेमा नचलाउनु नै उत्तम मानिन्छ ।
Comments