साउन २९ । मोरङ जिल्लामा ८ वर्षिया बालिकालाई जबरजस्ती बलात्कार गर्न खोज्ने एक वृद्ध पक्राउ परेका छन् ।

केराबारी-९ की ८ बर्षीया दलित बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा मोरङ केराबारीका ८० बर्षीय बृद्ध दागबहादुर तामाङ पक्राउ परेका हुन् ।

राति १० बजेतिर पिसाब फेर्न निस्किएकी बालिकालाई छिमेकी बृद्धले जबरजस्तीकरणी गर्न खोजेको आरोप लगाइएको छ ।

तर, वृद्धले भने झुटो आरोप भएको भन्दै आफ्नो र बालिकाको स्वास्थ्य परिक्षण गराउन र मेडिकल रिपोर्टमा दोषी देखिए जस्तोसुकै कार्बाही भोग्न तयार रहेको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।