साउन २८ । नेपाल टेलिकमका ५ जना इन्जिनियरसहित ७ जनाका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ ।
टेलिकमका बरिष्ठ इन्जिनियरहरु राजेन्द्र महर्जन, रामनरेशन सिंह कुँवर, अनीलकुमार आचार्य तथा असिष्टिेण्ट इन्जिनियरहरु कृष्ण भुजेल, भाइकृष्ण महर्जन तथा भारतीय नागरिक पंकजकुमार बान्थियाका विरुद्ध सम्झौताभन्दा कमसल उपकरण खरिद गरि भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दर्ता गरिएको हो ।
चिनियाँ कम्पनीका स्थानीय प्रतिनिधिका प्रमुख नवराज राउतलाई पनि अभियुक्त बनाइ मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आज दायर गरिएको मुद्धामा पकरण खरिद प्रकरणमा ५ करोड ११ लाख ८८ हजार ६ सय ७० रुपैया बराबरको हानी गरेकोले त्यति नै विगो र हदैसम्म कारबाहीको माग गरेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।