साउन २८ । नेपालका नेताहरुका लागि निक्कै नौलो लाग्ने खबर आएको छ । खोला तर्न कार्यकर्ताले बोक्नुपर्ने, पानी पर्दा अरुले नै छाता ओढाईदिनुपर्ने तथा आफू चढ्ने गाडीको ढोकासमेत सहयोगीले खोलिदिनुपर्ने हाम्रा देशका नेताहरुको प्रवृत्ति नै छ ।

तर, उत्तर युरोपेली मुलुक नर्वेका प्रधानमन्त्री जनताका राय तथा गुनासा बुझ्न ट्याक्सीका ड्राइभर बनेका छन् ।

नर्वेका प्रधानमन्त्री येन्स स्टोल्टनबर्गले जनताको राय बुझ्न भेष बदलेर ट्याक्सी चालक बनेका हुन् । सो क्रममा उनले थुप्रै प्यासेन्जरका कुराहरु सुनेका थिए । उनीहरुलाई प्रश्न गरेका थिए ।

राजधानी ओस्लोको सडकमा स्टोल्टनबर्गले एक दिनभर ट्याक्सी चलाएका थिए । आफू र सरकारप्रति आम जनताको वास्तविक धारणा बुझ्न ट्याक्सी चालक बनेर सडकमा उत्रिएको प्रधानमन्त्री स्टोल्टनबर्गले बताएका छन् ।

ट्याक्सी चढ्दा उनलाई चिन्नेहरुले निक्कै नियालेपछि चिनेकाहरुलाई भने उनले आफ्नो परिचय दिएको बिबिसीले लेखेको छ ।

ट्याक्सी भित्र यात्रुहरुसँगको कुराकानी गर्दै उनले सरकारप्रतिको धारणा मागेको थिए । उक्त कुराकानीको गोप्य रुपमा क्यामरामा कैद गरिएको पनि बताइएको छ । – एजेन्सीको सहयोगमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।