साउन २८ । कतारमा एक बस दुर्घटना हुँदा नेपालीसहित ११ जना घाइते भएका छन् ।

सरकार स्वामित्वको एउटा डबल डेकर बस अल घनमीनस्थित मोवासलात बस स्टेशन नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा नेपाली, बंगलादेशी, र फिलिपिनी नागरिक घाइते भएको दोहा न्यूजले उल्लेख गरेपनि को त कति जना भन्नेबारे भने खुलाएको छैन ।

ड्राइभरले असावधानीबस एक्सिलेटर दबाएपछि एक्कासि बस हुत्तिएर दुर्घटना भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।