साउन २८ । घरमै सुतिरहेको अवस्थामा छिमेकी दुई जना युवकले १३ वर्षिया बालिकालाई घर भन्दा निक्कै टाढा लगेर बलात्कार गरेका छन् ।

साउन २५ गते रौतहटको भलुहियामा स्थानीय एक बालिकामाथि यस्तो घटना घटेको हो ।
आफ्नै घरमा आमाबाबुको साथमा सुतिरहेको अवस्थामा आमाबाबुको पञ्जाबाटै यौन पिपासुले फुत्काएर बालिकामाथि बलात्कार गरेका हुन् ।

ती युवाले घरमा पसेर लुटपाट गर्नका साथै बालिकालाई मुख थुनेर साथमै लगेर एकान्त बाँसघारीमा लगी बलात्कार गरेको प्रहरी उपरीक्षक गोविन्दराम परियारको भनाई छ ।

घटनाको केही समयमै गाउँले र प्रहरीको सहयोगले बालिकाको बलात्कार भएको अवस्थामा उद्धार भने गरिएको छ । अहिले उनलाई जिल्ला अस्पताल गौरमा भर्ना गरिएको छ ।
एभिन्युज टेलिभिजनको कार्यक्रम खबर भित्रको खबर भिडियोमा हेर्नुहोस्:


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।