साउन २७ । मातृका प्रसाद यादव नेतृत्वको नेकपा (माओवादी)ले संयुक्त मोर्चाको सामान्य अवधारणा, नीति र विधि विपरित नेकपा–माओवादीले एकल निर्णय गर्दै वार्तामा जाने निर्णय गरेको भन्दै ३३ दलिय मोर्चाबाट अलग भएको घोषणा गरेको छ ।

संवाद डबलीमा पार्टीका केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यादवले ‘आजका मितिदेखि नेकपा–माओवादीसँग पार्टी एकताको छलफल पनि गर्दैनौं’ भने । पत्रकार सम्मेलनमा चार दलको सिण्डीकेटका गरिने निर्वाचनले देशलाई निकास दिनुभन्दा पनि झन द्वन्द्व र भिडण्ततिर लिने यादबले बताए ।

चार दलबीच भएको ११ बुँदे सहमतिका आधारमा राष्ट्रपतिको २५ बुँदे आदेश र रेग्मी सरकारको खारेजी, राष्ट्रिय आत्मनिर्णय अधिकार, पूर्ण समानुपातिक प्रतिनिधित्व, सार्विक तथा समान मताधिकार, पहिचान सहितको संघीयता, जनगणतन्त्रको स्थापर्ना संघर्षमा जाने केन्द्रीय समितिको बैठकले निर्णय गरेको जानकारी सो पत्रकार सम्मेलन गराइएको थियो ।

मंसिर चार गतेको निर्वाचन देशलाई प्रतिगमनतिर लिने हतियार भएकाले त्यसको विरुद्धमा बहिस्कार आन्दोलनमा जुट्ने पनि यादवले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।