साउन २७ । क्रान्तिकारी नेपाली चलचित्र लाल सलामका नायक विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

चुरेभावर पार्टीका अध्यक्ष भनिने भुमि निरौलाको घरमा केटाकेटी मात्रै भएको बेला गएको, घरमा धम्क्याएको लगायतका कारण राखेर उजुरी परेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ललितपुर प्रहरी प्रवक्ता भिमदत्त जोशीले हेलोखबरलाई जानकारी दिए । उनले अहिले केसीको विषयमा मुद्धा नचले पनि सार्वजनिक अपराध अनुसार मुद्धा चल्ने बताए ।

माओवादी जनयुद्धका आधारित क्रान्तिकारी चलचित्र लालसलामका नायक समेत रहेका केसी राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सचिवालय सदस्य छन् ।

यसअघि भुमि निरौलालाई भने नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वयम् सेवकले तीनकुनेमा कालो मोसो समेत दलिदिएको थियो ।

यता, राष्ट्रिय युवा जनस्वयम सेवकका अध्यक्ष उदयबहादुर चलाउनेले भने घटनाको विषयमा एक विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनको निसर्त रिहाईको माग गर्दै चलाउनेले उक्त विषयलाई अतिरञ्जित बनाएर तन्काउने प्रयास भएमा कडा संघर्षमा उत्रन चेतावनी समेत दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।