![]() |
अध्यक्ष महादीप पोखरेल (दायाँ) |
साउन २७ । नेकपा–माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनमा महादीप पोखरेलको अध्यक्षतामा एक सय चार सदस्यीय नयाँ कार्यसमित निर्वाचित भएको छ ।
सो जानकारी गराउँदै नव निर्वाचित अध्यक्ष पोखरेलले महाधिवेशनले आफ्नो नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गराएको बताए । उनले सो जनाकारी एक पत्रकार सम्मेलनको आयोजना गरी दिए ।
महाधिवेशनमा दुई सय पचास प्रतिनिधि मध्ये दुई सय पचास जना प्रतिनिधि तथा
पर्यवेक्षेक रहेका थिए । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष मोहन वैद्यले साउन २५ गते लालितपुरका जावलाखेलस्थित प्रशासनिक प्रतिस्ठानमा गरेका थिए ।
प्रेस विज्ञाप्ती
हाम्रो संगठनको प्रथम महाधिवेशन ललितपुरको जावलाखेलस्थित प्रशासन प्रतिस्ठानमा २०७० साउन २५ र २६ गते दुई दिनसम्म चली सम्पन्न भयो ।
पार्टी अध्यक्ष मोहव वैद्य ‘किरण’ ले उद्घाटन गर्नुभएको उक्त अधिवेशनको बन्द सत्रले विभिन्न प्रस्तावहरु पारित गर्दै महादीप पोखरेलको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको जानकारी गराउदछौं ।
महाधिवेशले पारित गरेका समसामुयीक प्रस्तावहरु :
१. देशमा उच्च राजनीतिक सहमति कायम गरी भयमुक्त वातावरणमा संविधानसभाको चुनाव सम्पन्न गरियोस् ।
२. हरेक राष्ट्रसेवक कर्मचारी आफ्नो कर्मक्षेत्र र सामाजिक जीवनमा समेत देशभक्तिको भावाना र वैदेशिक हस्तक्षेपको विरुद्धको चेतनाबाट उत्प्रेत भएको होस् ।
३. यस अघि हाम्रो संगठनले सरकारसँग राखेका कर्मचारीका सबै पेशागत मागहरु पूरा गरियोस् ।
४. राष्ट्रको कुल वेरुजु १ खरब ३ अरब ९१ करोड ७६ लाख जसमध्ये असुल उपर गर्नुपर्ने वेरुजु ३ अरब ८० करोड असुल गर्नेतर्फ कार्वाही अघि बढाइयोस् र दोषीलाई कार्वाही
गरियोस् ।
५. करार तथा अस्थायी ज्यालादारी कर्मचारीहरुको समस्या समाधान गरियोस् । देशका सबै उत्पीडित तथा आमूल परिवर्तनका पक्षधर सम्पूर्ण कर्मचारीहरुलाई हाम्रो संगठनमा आवद्ध हुन अनुरोध गर्दछौं ।
६. अधिवेशनको क्रममा सहयोग गर्ने सम्पूर्ण कर्मचारीसाथीहरु, पत्रकारहरु लगायतसबैलाई धन्यावाद सहित आभार व्यक्त गर्दछौं ।
………………….
महादीप पोखरेल
अध्यक्ष
राष्ट्रिय कर्मचारी संगठन
मिति : २०७० साउन २७