क्रिकेटमा एक रनले हारेपछि कप्तान पारसले झारे एक थोपा आशुँ

साउन । श्रीलंकामा जारी मैत्रीपुर्ण क्रिकेट खेलमा नेपालले तेस्रो पटक पनि पराजय बेहोरेको छ ।

मैत्रीपुर्ण क्रिकेट खेलमा लगातार दुई खेल गुमाएको नेपालले आजको तेस्रो खेलमा श्रीलंकासँग पनि पराजय सहन बाध्य भएको हो ।

पराजित हुने क्रममा अन्तिम बलमा एक रन चाहिएको नेपालका लागी बल प्रहार गरेका राहुल विक आउट भएसँगै नेपाल अभागी सावित बन्यो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

खेलमा श्रीलंकाले नेपालका लागी १ सय ६७ रनको सामान्य विजय लक्ष्य पेस गरेको थियो । जवाफमा उत्रेको नेपालले ७ विकेट गुमाएर अन्तिम बल बाँकी छँदा एक रनमा हार बेहोरेको हो ।

अभ्यास खेल खेल्न गएको नेपाली टोली अब भदौ १ गतेदेखि ९ गतेसम्म हुने इमर्जिङ टिम्स कपका लागि सिंगापुर जाने बताइएको छ ।

पारस रोए फेसबुकमा

श्रीलंकामा जारी मैत्रीपुर्ण तेस्रो खेलमा पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान पारस खड्काले सामाजिक सञ्जाल फेसबुकमा आशुँ खसालेका छन् ।

एक रनले पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खड्काले नेपाल एक रनले पराजित भन्दै आशुँ खसालेको चित्र पनि राखेका छन् ।