
अहँ । होइन । बरु पोर्न स्टारबाट बलिउडमा डेब्यू गरेकी सन्नि लियोन भन्नु भयो भने तपाई सही साबित हुनु हुनेछ ।
इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टारमा पहिलो रोजाईमा आउन सफल भएकी हुन् ।
यी नै सन्निलाई जुन महिनामा साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरेर खोजिएको छ ।
यो संख्यामा सलमान तथा शाहरुख र रणविर कपूर पछि हट्न बाध्य हुनुपर्यो ।
दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।
सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् ।
Comments