
बहिराको प्रेम कथामा बनेको चलचित्र मौनमा उनी मौन भएर भूमिका निभाउनेमा छिन् । उक्त चलचित्रमा मुख्य भुमिकामा उनी नै देखिने भए पनि त्यसमा उनको सांकेतिक भाषामा मात्र अभिनय रहने जनाइएको छ ।
चलचित्रमा आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतिको भूमिकामा उनलाई देख्न सकिने भएको छ ।
हालै आयोजित एक कार्यक्रममा उनले त्यस्तो भूमिका निभाउन लागेको जानकारी दिँदै उक्त भुमिका निभाउन पाउँदा खुसी लागेको बताइन् ।