सडकमा गाडी गुड्दा आफैँ चार्ज

दक्षिण कोरियाको सडकमा गाडी  गुडेपछि  आफै  इलेक्ट्रिक गाडी रिचार्ज हुने सडक  बनेको छ । 
उक्त  सडकमा  सवारी साधन  गुड्दा  अटोमेटीक  चार्ज हुने  अधिकारीहरुले बताएका छन । 
संसारको  पहिलो   सडक चार्ज  १२ किलोमिटर लामो  रहेको बताइएको छ । 
दक्षिण शहर गूमीमा बनाइएको यस्तो सडकमा अहिले दुई बटा सार्वजनिक बस गुड्ने छ र २०१५ सम्ममा थप १० बस समावेश गर्ने योजना  बनाइएको छ । शहरको ट्रेन स्टेशनबाट डोंग डिस्ट्रिकलाई जोड्ने सडकमा आफूमाथि गुड्ने इलेक्ट्रसक गाडी रिचार्ज हुने सिस्टम जडान गरिएको  छ ।