साउन २६ । सर्लाही सदरमुकाम मलंगवामा सञ्चालन हुँदै आएका आठ अवैध रक्सी भट्टीमा प्रहरीले छापा मारेको छ ।
प्रहरीले छापा हाली हजारौ लिटर रक्सी कच्चा पदार्थ बदामत गरी नष्ट गरेको छ । सदरमुकामको विभिन्न वडामा रक्सी उत्पादन गर्नका लागि खोलिएको भट्टीहरुमा प्रहरीले अचानक छापामारी गरेको हो।
लामो समयदेखि सञ्चालनमा रहेको रक्सी भट्टीमा आज बिहान प्रहरीले छापा मारेको हो । तर प्रहरी आउँदै गरेको सूचना पाएर भट्टीमा कार्यरत कामदार र सञ्चालक भाग्न सफल भएका छन् ।
सर्चको क्रममा प्रहरीले ९ थान मेसिन, १६ थान एल्मुनियमका ठूलो भाँडो, १४ वटा टिनको ड्रम, ४ वटा प्लाष्टिकका ड्रम, ६० थान प्लाष्टिकका ग्यालेन, १ थान ग्यास सिलिण्डर र चुल्हो बरामद गरेको छ ।
रक्सीका लागि कच्चा पदार्थमा युरिया मल, पुरानो कपडा जुटका बोरा तथा भ्यागुतो समेत प्रयोग भएको फेला परेको प्रहरीले जनाएको छ ।
Comments