दक्षिण भारतमा आफ्नो सेक्सी फिगर तथा उत्कृष्ट अभिनयका कारण चर्चा कमाएकी नायिका श्रुति हसन यतिबेला बलिउडमा पनि चर्चामा छिन् ।

श्रुतिले अभिनय गरेको ‘रमैया वास्ताबैया’ तथा ‘डी डे’ प्रदर्शनमा आइसकेका छन्। श्रुतिले भारतीय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै भनेकी छिन्, ‘म बोल्डभन्दा पनि कामुक छु।’ उनले आफ्नो भूमिका पनि चलचित्रमा यस्तै भएको बताइन् ।

बलिउडमा यतिबेला श्रुतिको रूपको पनि चर्चा छ। चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाएका कमल हसनकी छोरी श्रुतिले बलिउडका अन्य नायिकाहरूलाई टक्कर दिने विश्वास गरिन्छ। साभारः साप्ताहिक

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।