साउन २५ । प्रधानमन्त्री तथा मन्त्री परिषदका अध्यक्षको निवास बालुवाटारमा हत्यारालाई कारबाहीको माग गर्दै दबाब दिन पुगेका १६ जना अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न साथ ठूलो संख्यामा उपस्थित प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेकपा माओवादीले थालेको जनयुद्धका क्रममा समयमा हत्या गरिएका गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या घटनाको अनुसन्धान थाल्न माग गर्दै पुगेका अधिकारकर्मीहरु पक्राउ परेका हुन् ।

छोराको हत्यारालाई कारावहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्ती लामो सयमदेखि अनसनमा बसे पनि मागको सम्बोधन भने हुन सकेको छैन ।

पक्राउ परेकाहरुलाई प्रहरीले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा ल्याएको बुझिएको छ । आज बालुवाटारमा ४ महिला १२ जना पुरुष अधिकारकर्मी पक्राउ परेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।