सायन २५  ।  मुस्लिम समुदायहरुले  आज  विश्व भरी  महान  चार्ड ईद  मनाउँदैछन् । हिजरी सम्वत अनुसार रमजानल मुबारक एक महिनाभरी  रोजा (ब्रत) बसेर  मुस्लिम  समुदायमा इद उल फित्र हर्षोल्लासपूवर्क  मनाउने  गरिन्छ ।

यस  समुदायमा एक  महिना सम्म सुर्य उदायदेखि  नअस्ताउदा सम्म थुक सम्म पनि ननिलि  कठोरताका  साथ  बर्त  बस्ने गर्दछन ।

आज मुस्लिम समुदाउले  विहानको   नित्य कर्म गरी सेवई, खजुर, फलफूललगायत मिठा मिठा  खाने कुरा खाने  गरिन्छ । साथै नयाँ , राम्रा  कपडा लगाई   नमाज पढ्न मस्जिदमा  जाने  र  नमाज पढिसकेपछि  सबै  साथी  भाई संग  अंकमाल  गरी  इदको मुवारक  दिने  गरिन्छ ।

  यस  अवसरमा नातेदार र छिमेकीहरुलाई बोलाएर  सममानका  साथ सेवई, खजुर र खाना खुवाउने गरीन्छ । सरकारले आज  इस्लाम धर्माबलम्बीको महान पर्व इदउल फित्रको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।