साउन २४ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुख्य चार दल निर्वाचन प्रक्रियाप्रति इमान्दार नरहेको आरोप लगाएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सो दलको जिल्ला कार्यसमितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले चाहिँदो बहुमत नपाइने आशङ्कामा चार दलले चुनाव सार्ने निहुँ खोज्न लागेको बताए ।

अहिले असन्तुष्ट भनिने दल र चार राजनीतिक शक्तिले वार्ताका नाउँमा समय खेर फालिरहेको विचार व्यक्त गर्दै अध्यक्ष थापाले समस्या समाधानको पहल मन्त्रिपरिषद्ले सर्वदलीय बैठक बोलाएर गर्न सक्ने सुझाव दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।