एउटा नाम नदिइएको तर सरकारी आमसञ्चारमा नी नाम गरेको ब्लगरले यी न्यायाधीशहरूको बारेमा जानकारी दिएपछि उनीहरूमाथि अनुसन्धान आरम्भ भएको थियो । नीले पाँच अधिकारीहरूले स्थानीय मनोरञ्जन क्षेत्रमा यौनकर्मीहरूलाई भाडामा लिएको भिडियो चित्र इन्टरनेटमा राखिदिएका थिए ।
साङघाइको अनुशासन आयोगले चार न्यायाधीश तथा सरकारी कम्पनीका एक कार्यकारी अधिकारी गत महिना उक्त मनोरञ्जनस्थल पुगेका र तीमध्ये केबल चार व्यक्तिले मात्र यौनकर्मीहरूलाई भाडा लिएको उल्लेख गरेको छ ।
साङघाइ उच्च जनअदालतको एक नं. देवानी न्यायाधीकरणका प्रमुख तथा उपप्रमुख न्यायाधीश चेन सुएमिङ तथा झाव मिनघुवालाई कम्युस्टि पार्टीबाट हटाइने जानकारी उक्त आयोगले ट्विटर जस्तै टेनसेन्ट वेइबोमा उल्लेख गरेको छ ।
आयोगले अदालतको अनुशासन अनुगमन आयोगका उपप्रमुख नी झेङवेनलाई पनि पार्टीबाट हटाइने जानकारी दिएको छ ।
उक्त अदालतका पाँच नं. को देवानी न्यायाधीकरणका उपप्रमुख न्यायाधीश वाङ गुवजुनले यौनकर्मीको सेवा स्वीकार नगरेकाले निजलाई पार्टीले दुई वर्षका लागि अनुसन्धानमा राख्ने बताइएको छ ।
आयोगले यी चारै न्यायाधीशलाई पार्टीबाट हटाउन आग्रह गरेको थियो ।
आयोगले साङघाइ कन्स्ट्रक्सन गु्रपका कार्यकारी अधिकारी गुव सियानघुवालाई संस्थाले हटाएको तथा निजलाई पार्टीले पनि हटाउने जानकारी आयोगले दिएको छ । एजेन्सी