साउन २४ । परराष्ट्र मन्त्रालयले राहदानी आवेदन अनलाइनबाट गर्न मिल्ने गरी गृहकार्य सुरु गर्ने भएको छ ।

यसले वैदेशिक रोजगारीमा रहकै बेला राहदानीको म्याद सकिएका नेपालीलाई  ठुलो  राहत  मिल्ले  परराष्ट्र विभागले  जनाएको छ ।

सरकारले बजेटमार्फत नेपालको ७५ जिल्ला र विदेशस्थित ३२ कुटनीतिक नियोगबाट अनलाइनबाटै राहदानीका लागि आवेदन गर्न सक्ने ब्यबस्थाका लागि सैद्धान्तिक सहमति दिएपछि मन्त्रालय र राहदानी विभागले गृहकार्य सुरु गर्ने भएको हो ।

अनलाइनबाट आवेदन गर्न सक्ने ब्यबस्था भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि छिटो राहदानी पाउने र  दुर्गम क्षेत्रका स्वदेशी नागरिक पनि लाभाविन्त हुने विभागका महानिर्देशक रमेशप्रसाद खनालले  बताएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।