तरुण दलद्धारा चितवन बन्द ,नारायणगढ बजार तनावग्रस्त

 साउन २४  ।  भारतीय सवारी चालकलाई कुटपिट गरेको  आरापमा पक्राउ परेका तरुण दल भरतपुर नगर उपाध्यक्ष  प्रमिश राई र यमबहादुर कार्कीलाई बिना सर्त रिहाईको माग गर्दै तरुण दलले  चितवन अनिश्चितकालका लागि  भन्दै  आज पनि बन्द गराएको छ ।

 बन्दका कारण  नारायणगढ  रत्ननगर  र टाडी वरपरका क्षेत्रमा  सवारी साधन  शिक्षण  सस्था र बजार पसल बन्द  भएका छन्।
नारायणगढको पुल्चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन र भिड तित्तर वितर पार्न प्रहरीले केही राउण्ड अश्रृ ग्यास प्रहार गरेको छ । झडपले नारायणगढ बजार तनावग्रस्त बनेको छ
बन्दाका  कारण  पुर्वपश्चिम चल्ने  सारी साधन र  यात्रुहरु  अल्पत्र  भएका छन् ।
 भारतीय सवारी चालकलाई कुटपिट गरेको भन्दै प्रहरीले राई र कार्कीलाई  पक्राउ  गरी   हिरासतमा  लिएको  छ।