साउन २४  । सरकारी अस्पतालको आकस्मिक कक्षको डाक्टर रात्री ड्युटीका छाडेर निजी अस्पतालमा काम गर्न जाँदा एक शिशुले उपचार नपाएर मृत्यु भएको छ ।
 हेटौंडा अस्पतालमा रात्री कालीन डयुटीमा रहनुपर्ने आकस्मिक कक्षका डा धनन्जय सिंह अस्पतालमा राति नभेटिंदा उपचारका लागि ल्याएको पाँचवर्षे शिशुको मृत्यु भएको हो।मकवानपुरको मनहरी–८ खरङ्गाबाटथप  उपचारका लागि २ महिलाले ५ दिने शिशुलाई हेटौंडा अस्पतालमा ल्याएका थिए।
दिनभर दूध नचुसेर भोकाएका शिशुलाई उपचारका लागि छिमेकी २ महिला सुमित्रा लामा र शान्ति राईले अस्पताल ल्याइपुर्‍याएका थिए। राति साढे १० बजेतिर अस्पताल ल्याइपुर्‍याए पनि डाक्टर अभावले उपचार हुन सकेन।
आकस्मिक कक्षका अनकलु डाक्टरलाई उपचारका लागि सोही कक्षका अहेवले बोलाए पनि भर्ना गरेर राख्नु, भोलि बिहान हेरौंला भन्ने जवाफ दिएको डयुटीमा रहेका अहेवले बताए  । 
 डा. सिंह अस्पतालको आकस्मिक कक्ष छाडेर हेटौंडाकै मकवानपुर सहकारी अस्पतालमा उपचारमा गएका थिए।डा. सिंह विगत ६ महिनादेखि सहकारी अस्पतालमा पनि कार्यरत छन् नागरिक दैनिकमा खबर छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।