पाल्पामा प्रहरीद्धारा ११५८ अवैध हातहतियार सङ्कलन

साउन  २४ । जिल्ला प्रहरी कार्यालय पाल्पाले केही महिना अघिदेखि थालेको अभियानमा असार अन्तिमसम्ममा एक हजार १५८ अवैध हात हतियार सङ्कलन गरेको छ ।

एयरगन, हाते ग्रिनेड र सकेट बम एक–एकवटा , साबुत एक हजार १५, बेसाबत १४४, लाइसेन्स भएका ३१२ र लाइसेन्स नभएका ८४६ थान रहेको प्रहरीले  जानकारी दिएको छ ।

पाल्पामा देशभरि सबैभन्दा धेरै अवैध हतियार सङ्कलन भएको जिल्ला प्रहरी कार्यलय  पाल्पाले जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

इलाका, प्रहरीचौकी र अस्थायी प्रहरी पोस्टअन्तर्गतका गाउँ विकास समितिमा पुगेर अन्तरक्रिया तथा छलफल गर्दै हातहतियार सङ्कलन गरेको बताएको छ ।