साउन २४ । तपाई कतै जाँदै हुनुहुन्छ ? हतार छ, सिट पाइएको कुनै पनि सवारी साधन पाउनु भएको छैन । त्यसैले झुण्डिएरै यात्रा गर्ने सोचमा पुग्नु भयो भने अब तपाई सजायको भागीदार समेत बन्न पुग्नेछ ।
ट्राफिक प्रहरीले सार्वजनिक सावारीका साधनमा झुन्डिएर यात्रा गर्ने यात्रुलाई समेत अब कारबाही गरेर सजाय गर्ने भएको छ ।

सजाय भने चारचुने छैन एक हजारसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । तर यो नियम देशभर या राजधानीका लागि भने होइन ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा एक साताअघि मात्र सरूवा भई आएकी प्रहरी उपरिक्षक पूजा सिंहले इटहरीलगायत पूर्वका अधिकांश ठाँउमा सवारीसाधनमा झुन्डिएर यात्रा गर्दा दुर्घटना बढ्दै गएको पाइएकोले नियन्त्रणका लागि नयाँ रणनीति अपनाएको बताएकी छन् ।

यसअघि सिट क्ष्मताभन्दा बढी यात्रु चढाएर ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालक मात्र कारबाहीमा परेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।