साउन । उपत्यकाका विभिन्न स्थाना बर्ड फ्लुले महामारीको रुप लिईरहेको बेला उत्तरी छिमेकी राष्ट्र चीनमा भने पहिलो पटक मानिसबाट मानिसमा बर्ड फ्लुको नयाँ भाइरस सरेको पुष्टि भएको छ ।

बेलायती मेडिकल जर्नलको अनुसन्धानका अनुसार चीनमा गत मार्चमा बर्ड फ्लु संक्रमित आफ्ना ६० वर्षीय बाबुलाई अस्पतालमा हेरचाहर गर्न पुगेकी एक ३२ वर्षीया महिलालाई बर्ड फ्लुको भाइरस सरेको पत्ता लागेको एजेन्सीहरुले दाबी गरेका छन् ।

विरामी हुनुअघि यी महिलाका बाबु पोल्ट्री फार्ममा गएका थिए । वर्ड फ्लुको भाइरस एच सेभेन एन नाइन संक्रमित बाबुसँग नजिक रहेको ६ दिनपछि नै ती महिलामा वर्ड फ्लुको भाइरस सरेको अनुसन्धानबाट पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ ।

परिचय नखुलाईका ती बाबु–छोरीको सोही रोगकै कारण मृत्यु भएको पनि जनाइएको छ । यो घटनापछि बर्ड फ्लु लागेको पंक्षीको संसर्गमा रहेका बाहेक मानिसबाट मानिसमा ‘एच सेभेन एन नाइन’ भाइरस सरेको प्रमाण फेला नपरेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

गत ३० जुनसम्म पूर्वी चीनमा एच सेभेन एन नाइन भाइरसका १ सय ३३ विरामी फेला परेकोमा ४३ जनाको मृत्यु भएको जनाइएको छ । – एजेन्सीको सहयोगमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।