
नेपाल देखी आउने कलाकारहरुमा सर्वाधिक लोक प्रिय गायक राजेश पायल राइ, चर्चित दोहरी गायक पशुपती शर्मा, चर्चित प्ले ब्याक गायिका रजिना रिमाल, चर्चित मोडल तथा डान्सर पार्वती राइ, चर्चित लोक दोहरी गायिका टिका पुन, रोमा न्यौपाने, चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुडो) र अर्का चर्चित हास्य कलाकार सुरज चापागार्इ बान्द्रे आइ पुगेका छन ।
उक्त टोलीलाइ स्वागत गर्न प्रमुख ब्याबस्थापक हरी पुन, Grand regal hotel का मेनेजर राम शरण श्रेष्ठ, नबिन खनाल, भुपेन्द्र छेत्री, बिक्रम कार्की, गणेश श्रेष्ठ पदम आले मगर, इमान्जङ बानिया, ज्ञानेन्द्र दाहालर चकेन्द्र राइ बिमन स्थल पुगेका थिए । आयोजक टिमले सम्पूर्ण कलाकारहरुलाई खादा र पुष्प गुच्छा दिदै स्वागत गरेका थिए ।
सम्पूर्ण कलाकारहरुको मुहारमा खुशी देख्न सकिन्थ्यो । अझ पहिलो पल्ट कतार आएका तीन नेपाली चेलीहरु रजिना रिमाल, रोमा न्यौपाने र पार्वती राइ निक्कै खुशी भएको देख्न सकिन्थ्यो ।
यस अबसरमा कान्तिपुर प्रवास कतारको सह सम्पादक होम् कार्कि, पत्रकार तिल बिक्रम थेबे लगायतको संचारकर्मिको पनि उपस्थिति रहेको थियो ।
यस कार्यक्रम लाइ सपोर्टेड् बाइमा Grand regal hotel होटलले गरेको छ भने पोवेरेड बाइ मा MGH ग्लोबेले गरेको छ । सहयोगि संस्थामा म्यादी सेवा समाज रहेको छ ।