साउन २३ । राकेश रोशनको निर्देशनमा बनेको चलचित्र क्रिश-थ्रीले प्रदर्शनमा आउनु अगाडी नै बलिउडमा हलचल मच्चाएको छ ।
क्रिश-वान र टुको सफलताका कारण पनि दर्शकहरुको चासो थ्रीमा पनि हुन गएको विश्लेषण गरिएको छ ।
ऋतिक रोशन, कंगना रानाउत, विवेक ओबेरायको मुख्य भुमिका रहेको यस चलचित्रको युट्युबमा राखिएको प्रोमोलाई अहिलेसम्म ३६ लाख ३२ हजार ६ सय ५ जनाले हेरिसकेका छन् ।
त्यस्तै, प्रोमोमा साढे १३ हजारले त कमेन्ट नै गरेका छन् । जहाँ धेरै कमेन्ट चलचित्रप्रति सकरात्मक भेटिएका छन् ।
एक्सन भुमिका रुपमा लिइएको यो चलचित्र भने नोभेम्बर ४ मा प्रदर्शनमा आउने छ । तर प्रदर्शन अगाडी नै यसले युट्युब तथा सामाजिक सञ्जालहरुमा भने तहल्का पिट्न सफल भएको हो ।
चलचित्रको प्रोमो भने यस्तो छ:
Comments