विश्वमा  सबै भन्दा बढी कमाउने  महिला  खेलाडीमा टेनिस खेलाडी  मारिया सारापोवा  पहिलो स्थानमा आएकी छन् । फोर्स म्यागजिनले  सार्वजनिक गरेको  सूचिमा  उनी  पहिलो धनी महिला  खेलाडी  भएकी  हुन् ।

फोर्स डटकममा  जारी  सुचीमा रूसकी  टेनिस खेलाडी सारापोमा  शिर्ष स्थानमा  रहेकी छन् । जून २०१२ देखी २०१३  सम्ममा  उनको सम्पती २९० करोड  डलर  (नेपाली  लगभग २ अर्ब ८० करोड ) रहेको छ ।

 विश्व टेनिसकी  नम्बर एक खिलाड़ी सेरीना विलियम्स भने २५० करोड डलरका साथ दोस्रो स्थानमा  छिन । यसैगरी, चीनकी ली ना १८२ करोड डलर साथ  तेस्रो  स्थान ओगट्न सफल भएकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।