साउन । संयुक्त राज्य अमेरिकामा अध्ययनरत् नेपाली छात्र अपूर्व श्रेष्ठ दोस्रो पटक पनि विशेष शैक्षिक सम्मान हासिल गर्न सफल भएका छन् ।

अमेरिकाको भर्जिनिया राज्यको लानियर मिडिल स्कुलमा अध्ययनरत अपूर्वलाई कक्षा ८ मा विशिष्टता हाँसिल गरेवापत ‘ प्रेसिडेन्ट्स एडुकेसनल अवार्ड’ प्राप्त भएको उनको परिवारबाट थाहा भएको छ ।

विद्यालयस्तरका असाधारण मेधावी विद्यार्थीलाई दिइने यो सम्मान शैक्षिक स्तर, चारित्रिक गुण, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता आदिका आधारमा मूल्याङ्कन गरी प्रदान गरिन्छ ।

यो सम्मान पाएकोमा उनलाई हालै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनको उज्ज्वल भविष्यको कामना गर्दै आफ्नो हस्ताक्षरयुक्त सम्मानपत्र र बधाईपत्र प्रदान गरेका छन् ।

काठमाडौँ, ओमबहाल जन्मघर भएका छात्र अपूर्वले यसअघि सन् २०११ मा पनि उक्त विशेष शैक्षिक सम्मान प्राप्त गरेका थिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।