अमेरिकी सरकारद्धारा यमनमा रहेका आफ्ना कर्मचारीहरुलाई त्यहाँबाट हट्न आदेश

 साउन २३ । आतंकवादी  समुह  अलकायदाले आक्रमण गर्ने सक्ने आशंका बढेकोले  अमेरिकी  सरकारले  यमनमा  स्थित   रहेका  सम्पुर्ण कर्मचारीहरुलाई यमन  छाड्न  विज्ञप्ती  जारी गरेको छ ।

अमेरिकाको  बिदेश मन्त्रालयबाट  जारी बिज्ञप्ती अनुसार यमनका साथै  मध्यपूर्व अन्य  राष्ट्रहरुमा अकायदाका गतिविधी  बढ्दै गएकोले  आफना कर्मचारीहरुलाई छिटो  यमन छोड्न  आग्रह  गरेको छ ।

आक्रमणकै आशंकामा अमेरिकाले मध्यपूर्वका २० देशहरुमा रहेको आफनो दूताबास आइतबारका दिनका लागि बन्द गर्न निदेर्शन  दिएको  अन्तराष्टिय सञ्चारमाध्यमले  बताएका छन ।