साउन २३  ।  पशुपतिनाथ मन्दिरमा २ वर्षमा दश करोड ६९ लाख १८ हजार रुपैयाँ भेटी  उठेको छ ।
पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८ लागू गरेपछि दश बर्ष बराबरको भेटी दुई बर्षमै संकलन पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेश उपे्रतीका  बताएका छन् ।
 उप्रदीका अनुसार आर्थिक बर्ष ०६८र६९ मा २ करोड ८० लाख ३९ हजार, आव ०६९/७० मा ७ करोड ८८ लाख ७९ हजार गरी यस वर्षको असाढ मसान्तसम्ममा दश करोड ६९ लाख १८ हजार रुपैयाँ भन्दा बढी भेटी संकलन  गरीएको  बताएका छन् ।
पशुपति विकास कोषका  अनुसार  पशुपतिको विशेष पूजाबाट मात्रै ४ करोड २८ लाख रुपैयाँ भेटी संकलन भएको छ । नियमावली लागू हुनुभन्दा अघि मूल भट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो ।
 नित्य पूजा, पर्व पूजा, कर्मचारी खर्च र अन्य पूजामा खर्च गरी करीब ६ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ भने, ४ करोड रुपैयाँ बचत भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेश उपे्रतीका  बताएका छन् ।
विगतका वर्षमा वर्षदिनको मन्दिरको भेटीघाटी दुई लाख रुपैयाँ मात्र सार्वजनिक गरिएको थियो । पहिले पुजारी र भण्डारीले भेटीघाटीको  रकम  आफै लौजाने  भएकोले  चढाएको  रकम  कम  हुने  गर्दथ्यो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।