साउन २३ । पछिल्लो समय विश्वव्यापी रुपमा फस्टाउँदै गएको अनलाइन पत्रकारिताका विषयमा नेपाली अनलाइन पत्रकारितालाई कसरी र कस्तो बनाउने भन्ने विषयमा अहिले राजधानीमा राष्ट्रिय सेमिनार भइृरहेको छ ।
सेमिनारमा अनलाइन पत्रकारिताका चुनौती, आयाम, कानुनी प्रावधान र अबको अनलाइन पत्रकारिताका बाटोहरु के कसरी गर्ने भन्ने विषयमा छलफल भईरहेको छ ।
राजधानीको अनामनगरस्थित युनियन हाउसमा जारी सेमिनारमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले सहित तीन दर्जन भन्दा बढी अनलाइनमा आवद्ध पत्रकारहरु सहभागी छन् ।
Comments